काठमाडौं : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफूले कमाएको सम्पूर्ण आम्दानी संस्थालाई हस्तान्तरण गर्ने भएका छन ।
समाजका सभापति उत्तम पुडासैनीले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि बैँक खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेको जानकारी दिएका हुन् ।
आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् ।
५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
Facebook Comments Box
