काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीबारे निर्णय लिने बताएका छन ।

प्रचण्डले एमसीसीको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन जस्ताको तस्तै पारित हुन्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गरेका छन ।

 

आज बुधबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदन पार्टीमा छलफल गरेपश्चात मात्रै पारितका लागि संसदमा पठाइने जानकारी दिएका छन ।

 

नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खानलको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गत आइतबार गठन गरेको थियो ।

 

‘एमसीसी बारे केन्द्रीय समितिमा सबै समूहमा व्यापक छलफल भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले , ‘केन्द्रीय सदस्यहरुले आफूहरुले राम्रोसँग हामीले बुझ्न र जनतालाई पनि बुझाउनु प¥यो भनेका कारण सचिवालयले कार्यदल बनाएको हो । कसैबाट पनि ठाडै स्वीकार र अस्वीकार भएको छैन।’

छोटो समयमा सबैलाई बुझाउने गरी प्रतिवेदन तयार गर्नका लागि कार्यदल बनाएको बताए।

उनले भने, ‘हामी राष्ट्रिय हित अनुकुल सत्य तथ्यको गहिरो अध्ययन अनुसन्धान गरेर अगाडि बढ्छौं।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version