काठमाडौं : आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले मध्यम प्रदर्शन गरेको छ ।
किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको ३८ ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा शरद भेषवाकरले अर्धशतक बनाएका छन ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६, आरिफ शेखले ६ रन, भण्डारीले २६ तथा कप्तान ज्ञानेन्द्र मल्लले १ र पारस खड्काले ३ रन बनाएर आउट भए । त्यस्तै करण केसी र रोहित कुमार पौडेल शुन्य रनमा आउट भए ।
Facebook Comments Box
