काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

 

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो ।

 

प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो । उनी नेपाली काँग्रेस काठमाडाँै जिल्लाका कोषाध्यक्ष थिए ।

 

ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधन भएको थियो । उनको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते अपराह्न १ बजे बस्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version