पोखरा: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गरेका छन् । प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताएका हुन् ।

 

‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तब्य नै निकालेछ । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम भएको, गलत ढंगले बढी प्रचार गरियो भनेर चीनले भनेको छ ।’

 

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने बताए । ‘कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको छ,’ पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘हाम्रा निम्ति खुसीको कुरा के भने नेपालमा एउटा पनि कोरना भाइरसबाट संक्रमित भएको मान्छे छैन ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version