काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ । जसमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ ।

 

ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ काँग्रेस नेताहरु र कानुुन व्यवसायी छलफलमा जुटेका हुन् ।

 

बैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको छ ।

 

बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित भएको काँग्रेस नेताले बताए ।

 

भानुले भने, ‘अहिले पार्टी कार्यालयमा उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा पार्टीका शीर्ष नेता र कानुन व्यवसायीबीच छलफल भइरहेको छ ।’

 

अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

०६६मा माधव नेपालको नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्मा ७ बुँदे प्रस्ताव गएको थियो ।

 

तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पुर्याए ।

 

सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए । त्यही आधारमा टेकेर गच्छदारमाथि मुद्दा दायर भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version