भद्रपुर: नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु¥याउने काम वर्षाँैंदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् । नेटवर्किङका नाममा यस्तै ठूलो मानव तस्करीको जालो अहिले मेची वारिपारि सक्रिय रहेको फेला परेको छ ।

 

दोलखाका सुदीपबाबु पोखरेलले गाउँमा रहेका १७ र २१ वर्षका फेसबुकका दुई केटी साथीलाई जागिर लगाइदिने प्रलोभनमा पारेर झापा ल्याए । यही माघ १५ गते काँकडभिट्टा नाका पार गर्न लाग्दा प्रहरीले गरेको सोधपुछमा उनीहरूलाई ओरियन्स नामक नेटवर्किङ कम्पनीमा भारत लगिएको खुलासा भयो ।

 

मानव बेचविखन अभियोगमा पक्राउ परी हाल अनुसन्धानका लागि काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतमा थुनिएका पोखरेल ओरियन्सका एजेन्ट हुन् । प्रहरीले उद्धार गरिएका दुवै चेलीलाई अभिभावक बोलाएर जिम्मा लगाएको छ । माघ २१ गते नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकामा शङ्कास्पद अवस्थामा डुलिरहेका तीन किशोरी र एक युवकलाई ‘साना हात, भारत’ नामक संस्थाका निगरानीकर्ताले सोधपुछ गरे । पानीटङ्कीस्थित एक घरमा सञ्चालित होस्टलमा बस्दै आएका तीन किशोरी पनि ओरियन्स नेटवर्किङ कम्पनीको तालीम लिनका लागि काठमाडौंँबाट फकाएर ल्याइएका रहेछन् ।

 

मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा निगरानी गर्दै आएको साना हातलेसोही दिन चारै जनालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा जिम्मा लगाइदियो । नेपाल प्रहरीको महिला सेलले सोधपुछ गर्दा उदयपुर, त्रियुगा नगरपालिका वडा नं १५ घर भई काठमाडौंँको मान्द्रो रेष्टुँरामा काम गरिरहेका तीनै किशोरीलाई ओरियन्सको एजेन्टका रुपमा काम गर्ने मोरङ, विराट्चोक निवासी मोहम्मद आलम मियाले फेसबुकका सम्पर्कबाट पालैपालो फकाएर भारत पु¥याएको तथ्य फेला प¥यो ।

 

नवलपरासी, मध्यविन्दु–१५ घर भएका २४ वर्षीय पुनमबहादुर कुमालले झापाको अस्पतालमा जागिर खुलेको छ भनेर गाउँमा रहेकी २१ वर्षीया आफ्नै भाञ्जीलाई फकाएर काँकडभिट्टा बोलाए । माघ २१ गते बिहान साना हातका निगरानीकर्ताले ओरियन्स कम्पनीको तालीममा भारत लैजान लागेको तथ्य पत्ता लगाएपछि कुमाललाई प्रहरीको जिम्मा लगाइदिएका छन् भने युवतीलाई उद्धार गरेर पुनस्र्थापना गृहमा राखेका छन् । उद्धार गरिएकी युवतीलाई जिम्मा लिन प्रहरीले उनकी आमालाई बोलाएको छ ।

 

झापाm काँकडभिट्टा नाकाबाट प्रहरी र गैरसरकारी निगरानीकर्ताको आँखा छलेर ६ महिनायता भारतको ओरियन्स नेटवर्किङ कम्पनीका एजेन्टले जागिर लगाइदिने बहानामा नेपालका ग्रामीण किशोरकिशोरीलाई भारत लैजाने र काँकडभिट्टाबाट ५२ किलोमिटरपूर्व भारतको सिलिगुडी शहरका अवैध होस्टेलमा बन्धक बनाएर राख्ने क्रम ह्वात्तै बढेको पाइएको छ । काँकडभिट्टा नाकाबाट दिनहुँ नेपाली युवतीलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइने गरेको प्रहरीको भनाइ छ । दुई वर्षदेखि ओरियन्सले मान्छे लैजाने गरे तापनि अहिले गतिविधि अत्यधिक बढेको हो ।

 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल ओरियन्स नेटवर्किङ कम्पनीमा काम दिलाउने प्रलोभनमा नेपाली सोझा युवतीलाई भारत लगेर अवैध होस्टेलमा बन्धक बनाइराख्ने बढ्दो क्रमले उनीहरु मानव बेचबिखनको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्छन । उनले १५ दिनमा ओरियन्सका लागि भारत जान लागेका ४५ युवतीलाई नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिए ।

 

माघ लागेयता नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी भारतको सिलिगुडी लैजाने कार्यमा संलग्न दोलखाका २१ वर्षीय पोखरेललाई पक्राउ गरी काँकडभिट्टा इप्रकाले मानव बेचबिखन अभियोगमा मुद्दा चलाएको छ भने उदयपुरकी मीना बस्नेत र महोत्तरीका कमलेश सासुरीसहित चार जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । बस्नेत माघ १५ गते पक्राउ परेकी हुन् भने सासुरीलाई माघ १८ गते पक्राउ गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version