काठमाडौँ: बुधबार सामान्य सुधार भएको सेयर बजार साताको अन्तिम दिन बिहिबार फेरी घटेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलब ५६ अंकले घटेर १ हजार १९१ दशमलब ३१ अंकमा कायम भएको छ ।
नेप्से बुधबार २ दशमलब ४० अंकले बढेको थियो भने सोमबार र मंगलबार क्रमश: शुन्य दशमलब ०७ अंक र २ दशमलब ९१ अंकले घटेको थियो ।
बाणिज्य बैंक र उत्पादन मूलक समूह बाहेक सबै समूहको नेप्से परिसूचकमा गिरावट आएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ५७ दशमलब ३७ अंक, जीवन बीमा समुहको परिसूचक २० दशमलब ०६ अंक र लघुवित्त १० दशमलब ७२ अंकले घटेको छ ।
यधपी, बाणिज्य बैंक र उत्पादन मूलक समूहको परिसूचक क्रमश: शुन्य दशमलब ७३ अंक र १ दशमलब १७ अंकले बढेको छ ।
नेप्से परिसूचकसंगै मंगलबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २ हजार ९९२ कारोबारबाट २० करोड ७९ लाख २१ हजार ४७० रुपैयाँ बराबरका ६ लाख ७२ हजार ३६८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको ३ हजार ८१ कारोबारबाट २२ करोड २ लाख १ हजार ४२३ रुपैयाँ बराबरका ७ लाख ६६ हजार ७८९ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
