काठमाडौं: पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके विधेयक सर्वसम्मत पारित गरेको हो ।

 

सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए ।

 

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।

 

पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताए ।

 

‘सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त ? भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बास्कोटाले भने ।

 

‘यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version