काठमाडौं: एनसेलले प्रणय दिवसका अवसरमा स्पेशल अफर ल्याएको छ। कम्पनीले प्रिपेड ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको हो।

 

कम्पनीले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत करसहित सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक पाउने जनाएको छ। कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि तीन महिनासम्मका लागि लागू हुनेछ।

 

यो अफर अनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version