भद्रपुर : जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् ।

भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालय झापाले तोकेको रु पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version