काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

 

शुक्रबार काठमाडौंको माइतीघरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version