काठमाडौं : नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क प्रदान गरेको छ ।

आज शुक्रवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई भेटी चीनमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि भन्दै यहाँ रहेका मास्क हस्तान्तरण गरेका हुन् ।

सरकारले यसअघि कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् ।

कोरोना भाइरसका कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार बिहानसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एकरएक जनाको मृत्यु भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version