इटहरी: नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताउनु भएको छ ।

आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उहाँले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारवाही पनि भोग्न तयार रहेको उहाँले बताउनुभयो ।

भरखरै धरान उपमहानगरपालिकामा नेकपाको हार के कारणले .भएको हो गम्भीर रूपमा कार्यकर्ता तथा नेताले सोच्नुपर्ने वरिष्ठ नेता नेपालले बताउनुभयो । उहाँले धेरै लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट पार्टी सञ्चालनमा केही ऊर्जा थपिएको समेत बताउनुभयो ।

इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा सम्पन्न सो अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय कमिटीका सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला, सह–इन्चार्ज तैयव हुसेन, उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी, इटहरी इन्चार्ज राजकुमार गिरी, सह–इन्चार्ज निर्मल बराल तथा अन्य जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version