बर्दिया: सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको जिल्ला प्रशासन कार्यालय गुलरियाले बताएको छ ।

कार्यालयले जेठ ३१ गते गरेको बजार अनुगमनबाट सो सिमेन्टमा हुनु पर्ने गुणस्तरता नपाइएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुलरियाले घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादन हुने सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तर तथा नापतौल विभागले गुणस्तर नभएको जानकारी गराएको भन्दै अर्को सुचना जारी नभएसम्म सो सिमेन्ट प्रयोग नगर्न भनेको छ ।

सो अनुगमनबाट गुणस्तर नपाएपछि विभागले जिल्ला प्रशासन गुलरियालाई असार १ गते पत्रमार्फत जानकारी गराएको थियो ।

उद्योगलाई कालो बजार तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गत काराबाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी महेन्द्रजंग शाहीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version