चितवन: एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् ।

 

उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । “चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भने । होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो ।

 

यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए । साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्छिन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version