काठमाडौं :पूर्वसचिव कार्कीकी श्रीमती मुनाको उपचारका क्रममा मृत्यु भएको छ । मुना रगतमा लतपतिएको अवस्थामा फेला परेकी थिईन । उनलाई उपचारका लागि स्टार अस्पतालमा राखिएको थियो ।
श्रीमती अचेत अवस्थामा भटिएसगैं घरमा काम गर्ने कामदारलाई भने मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
सानेपास्थित घरमा भान्सा कोठामा रगतै रगतमा लतपतिएको अवस्थामा मुना फेला परेको तथा कामदार विजय चौधरीको शव भने विना कुनै चोट पटकको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कामदार चौधरीको स्थायी घर दाङ हो ।
उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएका कारण उनले आत्महत्या गरेको हुनसक्ने ललितपुर प्रहरी परिसरकी दुर्गा सिंहले जनाइन ।
पूर्वसचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर जाँदा यो घटना भएको हो । उनी घर फर्किँदा पत्नी मुना र कामदार चौधरीलाई भुईमा देखेका थिए ।
श्रीमती मुनालाई उपचारका लागि स्टार अस्पतालमा राखिएको थियो ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर छन् भने १२ वर्षका छोरालाई अर्की कामदारले स्कुल पुर्याउन जाँदा घरमा यस्तो दुर्घटना भएको प्रहरीले बताएको छ ।
