काठमाडौं: सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन ।

 

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् ।

 

स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ ।

 

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

 

यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version