काठमाडौं । सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

 

पुस्तकप्रेमीहरुले सोमबार दिउँसो माइतीघरमा पुस्तक पढेर करको विरोध गराएका हुन् ।

 

चालु आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुृस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो । अहिले यही कर विवादका कारण विदेशबाट आयात हुने पुस्तक भन्सारमा रोकिएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।

 

पुस्तकप्रेमीले पुस्तकलाई करमुक्त बनाउन माग गर्दै हस्ताक्षर संकलन पनि गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version