काठमाडौँ: पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याअघि जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ ।
उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबर्जस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिरोध गर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको हो । आत्महत्यापछि भेटिएको चौधरी शवको पाइन्टमा वीर्य भेटिएको प्रहरीको दाबी छ ।
यद्यपि,प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्नेछ ।
सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भइसकेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतले चौधरीको पाइन्टमा वीर्य भेटिएको बताएपछि जबरजस्तीकरणी भएको हुन सक्ने पनि आशंका गरिएको छ ।
तर, फरेन्सिक विज्ञ भने मानिसको ज्यान जाँदा दिशा वा वीर्य झर्नु सामान्य प्रक्रिया भएको बताउँछन् ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको थियो/थिएन भन्ने निर्क्यौल गर्नेछ ।
