काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) मा डिआइजी ठाकुर ज्ञवाली हुने पक्कापक्की भएको छ ।

 

ज्ञवालीको नाम प्रस्ताव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएपछि उनी प्रहरीको २७ औं आइजीपी हुने पक्कापक्की भएको हो ।

 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रहरी महानिरीक्षक ९आइजीपी० मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएका छन ।

 

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले आज मङ्गलबार अपरान्ह साढे ३ बजे बस्ने मन्त्रीपरिषद बैठकमा ज्ञवालीको नाम पेस गर्न गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन् ।

 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित तीन एआईजी र १७ डीआईजीको ३० वर्षे सेवाअवधिका कारण आज मंगलबार रातिबाट अवकाश पाउँदै छन् ।

 

प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत डिआईजी ज्ञवालीको नाममा आईजीपीमा बढुवा गर्ने प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सहमति भइसकेको छ ।

 

३० वर्षे सेवाअवधिका कारण प्रहरी महानिरीक्षक खनालसहित २२ उच्च अधिकारीहरुले अनिवार्य अवकाश पाएपछि डिआइजी ज्ञवाली आईजीपी बन्ने बाटो खुलेको हो ।

 

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नेतृत्व सुम्पेपछि उनले करिब ५ महिना नेपाल प्रहरीको सर्बोच्च पद आईजीपीका रुपमा नेतृत्व सम्हाल्नेछन् ।

 

उनले सेवाअवधिका कारण आउदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् ।

 

प्रहरी नियमावली संसोधन गरेर ३० वर्षे सेवाअवधि हटाउदा आईजीपी खनालको पदावधि लम्बिने र एआईजी पुष्कर कार्की पनि आईजीपी हुने चर्चा थियो । तर तत्काल नियमावली संसोधन गर्दा बढुवामा जाम हुने भन्दै बढुवाको मुखमा रहेका बरिष्ठ अधिकारीहरुले असन्तुष्टि जनाएपछि नियमावली संसोधनको प्रकृया अगाडी बढाएको गृहमन्त्रालयले यो प्रकृयालाई स्थगित गर्न पुगेको थियो ।

 

क-कसले पाउँदैछन अनिवार्य अवकाश ? नामावली हेर्नुहोस :

यसरी सेवाबाट अवकाश पाउनेमा आइजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् । यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

 

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक ९एआईजी० हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाटै आईजीपी नियुक्ति गर्न सकिनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version