काठमाडौँ : आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

 

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले सुरुवाती ३५ ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको छ ।

 

ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो ।

अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अङ्कसहित शीर्षस्थानमा छ । उसको रनरेट राम्रो छैन ।

अमेरिकाले आजको खेल जिते शीर्षस्थानमा पुग्नेछ । हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारेको अमेरिकाले १२ अङ्क बटुलेको छ ।

हालसम्म ओमानले दुईपटक टस जितेको छ । दुवैपटक उसले फिल्डिङ नै रोजेको थियो । पहिलो खेलमा हारेको अमेरिका त्यसको बदला लिने दाउमा छ ।

ओमानले हालसम्म कीर्तिपुरमा खेलेको तीनवटै खेलमा शतप्रतिशत नजिता निकालेको छ । उसले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा आठ विकेटले हराएको थियो । ओमानको ब्याटिङ पक्ष बलियो देखिएको छ ।

समग्रमा लिगको शीर्षस्थानमा उक्लिनका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा निकै मेहनत गर्नुपर्नेछ । सामान्य खेल प्रदर्शनले उसको शीर्षस्थानको लक्ष्य पूरा हुनेछैन ।

ओमान अहिले उत्कृष्ट लयमा छ । उसको ब्याटिङ, बलिङ र फिल्डिङ निकै बलियो छ । यही कारणले हालसम्मका तीनवटै खेलमा जित हात पारेको हो । त्यसैले आजको खेलमा ओमानलाई हराउन अमेरिकालाई सहज हुनेछैन ।

ओमानको ब्याटिङ लाइनलाई नियन्त्रणमा लिनसके अमेरिकाले जित निकाल्न सक्छ । शीर्षस्थानमा रही प्रसन्नताका साथ घर फर्किने इच्छा पूरा हुनेछ ।

अमेरिका र ओमानले गत वर्ष एकदिवसीय मान्यता पाएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version