काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रिक्त रहेको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकारसहित सदस्य सचिव पदमा नियुक्त गरेको हो।

 

करिब एक वर्षदेखि खाली रहेको परिषद्को सदस्यसचिव पद डा ज्ञावालीलाई नियुक्त गरिएको हो। महाराजगञ्ज मेडिकल क्याम्पसका सहप्राध्यापक डा ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका व्यक्ति हुन्। परिषदमा अध्यक्ष र सदस्य सचिव पद स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्ति गर्ने व्यवस्था छ। हाल परिषदको अध्यक्ष भने प्राडा. अञ्जनीकुमार झा छन्।

 

यस्तै, हिजोकै मन्त्रिपरिषदको बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रिक्त कार्यकारी परिषदको सदस्य पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन्।न्याम्सका उपकुलपति प्राडा डीएन साहको सिफारिसमा डा पौडेललाई सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सदस्य पदमा नियुक्त गरेका हुन्। न्याम्सको कार्यक्रम तथा योजना सञ्चालन गर्न कार्यकारी परिषद्ले निर्णय गर्नुपर्छ।

 

कुल ६ सदस्यीय परिषदमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन र वीर अस्पतालको निर्देशक पदेन हुने प्रावधान छ। एकजना सदस्य भने नियुक्ति हुने व्यवस्था छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version