भक्तपुर: सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

 

नगरपालिकाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले रु ४७ करोड ४ लाख १० हजार ५८ आय प्राप्त गर्ने लक्ष्य पुरा गर्ने जानकारी दिए । नगरपालिकाले पुस मसान्तसम्म रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित गरेको जनाएको छ ।

 

त्यस्तै पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ र शिक्षकको तलवभत्ता, स्वास्थ्य तर्फ कर्मचारीहरुको तलव भत्ता, संघीय सरकार र प्रदेश सरकारको अनुदानको चालु खर्च रु १६ करोड ०६ लाख ११ हजार २४६ र सामाजिक सुरक्षा वापत रु ३ करोड ७१ लाख खर्च भएको सो अवसरमा जानकारी दिइयो । स्वीकृत कूल पूँजीगत बजेट रु ६९ करोड २० लाखका सबै योजनाहरु उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा कार्य भई रहेको नगरपालिका प्रमुख थापाले जानकारी दिए ।

 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारी सक्रिय रहेको बताए । नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी लगायतले नगरपालिकाले गरेको भौतिक पूर्वाधार विकासको चर्चा गर्दै समय मै काम सक्नु पर्नेमा सुझाब दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version