दमौली: वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना हुँदैछ ।

 

नेपालका सम्पूर्ण जाति, जनजातिको मौलिक धर्म, संस्कृति र सभ्यताको संरक्षण संवद्ध्र्रन गर्न अभिप्रेरित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने उद्देश्यसहित ‘सनातन धर्म संस्कृति’ विषयक अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले जानकारी दिए । “व्यासभूमि दमौलीलाई ओमकार परिवारको अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा परिचित गराउँदै नेपालका सम्पूर्ण जातजातिको धर्म संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,” अधिकारीले भने ।

 

अन्तर्राष्ट्रिय महासम्मेलनमा विभिन्न २४ देशका प्रतिनिधिको सहभागिता रहने महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार महासम्मेलनमा भारतबाट एक सय, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशलगायतबाट ५०, युरोप, अमेरिका ५० र नेपालबाट ३०० प्रतिनिधिको सहभागिता रहनेछ । भारतको २२ राज्यबाट तीनदेखि पाँचजनासम्म प्रतिनिधि आउने सुनिश्चित भइसकेको पौडेलले बताए ।

 

महासम्मेलनको पहिलो दिन विशाल धार्मिक सांस्कृतिक ¥याली, दोस्रो दिन नेपालका तर्फबाट कार्यपत्र, विभिन्न देशका प्रतिनिधिबाट कार्यपत्र प्रस्तुत हुने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, सन्त, महात्मद्वारा प्रवचन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिनिधिका बीचमा आन्तरिक, वैचारिक मन्थन, विचार–विमर्शसहित दमौली घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको महासङ्घका आमन्त्रित केन्द्रीय सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए । महासम्मेलनको अन्तिम दिन विभिन्न देशबाट आएका अतिथिलाई पोखराका धार्मिक क्षेत्रको भ्रमण गराइनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version