काठमाडौं : आज मंगलबारबाट अनिवार्य अवकास पाउन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन ।
\
३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका खनालले आज मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक सुद्धिकरणकै कारण नेपाल प्रहरी सर्वोच्कृष्ट ठहर भएको दाबी गरेका छन ।
आईजी खनालले सेवा निवृत्त भइसकेपछि पनि भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहने बताएका छन । उनले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताएका छन ।
खनालले प्रहरी कर्मचारीले सदैव निष्ठापूर्वक कानून कार्यान्वय गर्ने काममा सक्रिय हुनुपर्ने पनि बताए ।
