लहान: प्रहरीले सिरहामा तीन बालिकाको विवाह रोकेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले सोमबार तीनवटा विवाह रोकेको हो ।

 

कर्जन्हा नगरपालिका ६ का रिझन मुखियाकी छोरी रन्जुकुमारी, मिर्चैया नगरपालिका १ का श्रीराम कापैरकी छोरी संगिता र कल्याणपुर नगरपालिका १ का रामनरेश माझीकी छोरी गनिताको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

उमेर नपुगेका बालिकाको विवाह गर्न लागेको सूचनाका आधारमा खटिएको प्रहरीले परिवारका सदस्यकै सहमतिमा विवाह राकेको प्रहरीको भनाइ छ। स्थानीय जनप्रतिनिधिको रोहवरमा कानुनबमोजिम विवाह गर्ने उमेर नपुगेकाले हाललाई विवाह रोक्ने र गाउँमा कतै पनि बालविवाह हुन नदिने सहमतिमा बालिकालाई परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version