काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हजुर, तपाईं’ जस्ता आदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘सम्मान जनाउने अदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको छ’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘हाम्रो सञ्चार माध्यमलाई हजुर, तपाईं भन्दा साह्रै सानो भए जस्तो लाग्छ ।’

सबैलाई ‘यु’ भन्ने अंग्रेजीको नक्कल गरेर हजुरबा, हजुरआमालाई समेत ‘तिमी’ शब्द प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अरुको नक्कल गर्दा सञ्चार माध्यमहरूले ‘हाम्रो आफ्नै भाषा छ, भाषाको मर्म छ’ भन्ने बिर्सिएको गुनासो गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version