काठमाडौं: कारोबारको तेस्रो दिन सुनको मूल्य २ सय ‌रुपैयाँले घटेर प्रतितोला ७५ हजार ७ सय रूपैयाँ भएको छ।

 

गत आइतबार र सोमबार प्रतितोला ७६ हजार रहेको सुन मंगलबार ७५ हजार ९ सयमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले कमी आएर प्रतितोला ८ सय ७५ रूपैयाँ भएको छ।

 

गत आइतबार यताका तीन दिन चाँदी प्रतितोला ८ सय ८० रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १५६९.९० डलरमा कारोबार भइरहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version