काठमाडौं : नागरिक लगानी कोष (सीआइटी) ले स्टक डिलरको काम गर्न छुट्टै कम्पनी दर्ता गरेको छ ।
कोषले ‘नागरिक स्टक डिलर’ नामक संस्था कम्पनी रजिष्टारको कार्यालयमा दार्ता गराएको हो ।
उक्त कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको कोषले जानकारी दिएको छ । कोषले आफ्नो सहायक कम्पनीका नयाँ संस्था दर्ता गराएको हो । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर रहेको छ ।
त्यस्तै, यसमा नेपाल पुनर्बिमा कम्पनीको १० प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को ९प्रतिशत र सर्वसाधारणको ३०प्रतिशत सेयर रहनेछ । जसअनुसार कम्पनीमा कोषको २ अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुनर्बिमा कम्पनीको ४५ करोड र १ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणको लगानी रहनेछ ।
नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको हो ।
यससँगै अब बजार निर्माता वा स्टक डिलर कम्पनी पनि आउनेछ । यसले पुँजी बजारको दिगो विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
