भक्तपुर : मानहानीको मुद्दा लागेपछि फरार बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका छन ।

 

प्रसाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहीबार बिहान उपस्थित भएको जिप्रका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन ।

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए।

 

प्रसाईंको आरोपविरुद्ध आयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए।

अदालतले पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा पठाएपछि प्रसाईं सीडीओ कार्यालयमा उपस्थित भएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version