काठमाडौँ: बेलायतका सेनाध्यक्ष मार्क कार्लेटन–स्मिथ नेपालको औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन्।

नेपालको सातदिने भ्रमणमा आएका मार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका छन्।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

‘यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध थप सुमधुर एवम् प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ’, जंगी अड्डाले शनिबार एक विज्ञप्तीमा भनेको छ।

जंगी अड्डाले जनाएअनुसार बेलायती सेनाध्यक्ष मार्क आइतबार फागुन ४ गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नेछन्। साथै जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको क्रममा मार्कले पोखरास्थित पश्चिम पृतना मुख्यालय, पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र शान्ति कार्य तालिम केन्द्र र केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ।

सात दिने औपचारिक भ्रमण पुरा गरी उनी फागुन ९ गते स्वदेश फर्किने छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version