काठमाडौं : उपसभामुखबाट केही समयअघि मात्रै राजीनामा दिएकी डा शिवमाया तुम्वाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री हुँदैछिन ।

 

उनलाई कानुनमन्त्रीको रुपमा आज सोमबार अपराह्न ३ बजे शपथ ग्रहण गराउने तयारी सरकारको छ ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । सभामुख नियुक्तिका लागि उपसभामुखको राजीनामापछि नेकपाले उनलाई रिक्त रहेको मन्त्रालय सुम्पने आश्वासन पहिल्यै दिएको थियो ।

 

त्यसअनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्दै तुम्बाहाम्फेलाई कानुन र शहरी विकासमन्त्रीमा महेश बस्नेतलाई सपथ खुवाउने तयारी भइरहेको एक नेताले बताएका छन ।

भक्तपुरमा प्रभाव बलियो बनाएका कारण बस्नेतलाई पनि मन्त्रालय सुम्पने मनस्थितिमा ओली पुगेको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version