काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।
केन्द्रीय बैंकले अहिले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गरिरहेको छ ।
बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गरेको जनाएको छ । खरिदका लागि आज ३ बजेसम्मको समय तोकिएको छ ।
उक्त टे«जरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।
बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
Facebook Comments Box
