काठमाडौं : दुई विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघबीच झडप भएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको हो ।

झडपमा करिब १० जनाजति घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारका अनुसार झडपमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा ४ जना नेविसंघ र २ जना अनेरास्ववियूसँग सम्बन्धित छन् ।

 

झडपमा अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने तथा नेविसंघका पुस्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार दुवै संगठनका विद्यार्थीबीच शनिबार भएको एउटा पिकनिक (वनभोज कार्यक्रम)का विषयमा झडप भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version