काठमाडौं : सरकारबाट प्राप्त अनुदान रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार अध्यक्ष बोहोराले जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालय भवन निर्माण र छात्रवृत्ति प्रदानका लागि भनेर प्रदान गरिएको ४१ लाख ५४ हजार ५ सय रुपैयाँ मध्येबाट ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ ४१ पैसा हिनामिना गरेको भेटिएको छ ।

बोहोराले जिल्ला शिक्षा कार्यालय डोटी र विद्यालयको आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार ५ सय रुपैयाँ पेश्की लिएका थिए । तर, जिल्ला शिक्षा कार्यालयले गरेको अनुमगनका क्रममा उक्त रकममध्ये ३१ लाख १६ हजार ५६ रुपैयाँ बराबरको मात्रै काम भएको देखिएको थियो ।

साढे ४१ लाखमध्ये उनले ३ लाख ८ हजार ५ सय रुपैयाँ विद्यालयको खातामा जम्मा गरेका थिए भने बाँकी ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ हिनामिना गरेका अख्तियारले जनाएको छ ।

अख्तियारले बोहोराविरुद्ध ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version