काठमाडौं ः नेपाली काँग्रेस पूर्व सांसद भागवत ज्ञवालीको आज मंगलबार निधन भएको छ ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा आज मंगलबार बिहान उनको निधन भएको हो ।
कांगेसको जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति समेत रहेका स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए ।
भारतको दिल्लीमा उपचारपछि उनको ललितपुरको अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो ।
स्वर्गीय ज्ञवाली नेपाली काँग्रेस गुल्मीका एक अग्रज नेता थिए । २००१ साल कात्र्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको काँग्रेसले जनाएको छ ।
उनको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ‘नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ शोक सन्देश जारी गर्दै देउवाले भनेका छन् ।
स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
‘
