काठमाडौं: नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ ।

निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ ।

समाचारमा लेखिएको छ, निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन विमानस्थल अवतरण हुने छ ।
पत्रपत्रिकाबाट

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version