काठमाडौं : आज फागुन ११ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइट अवलोकनकर्ताको भीड ह्वात्तै बढेको छ ।

शेयर बजार उकालो लाग्न थालेपछि वेबसाइट हेर्ने आउनेको भीड बढेको हो ।

 

नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकका अनुसार आज १२ हजारले एकैपटक वेबसाइट भिजिट गरेको बताए । उनले भने ‘१२ हजारले एकै पटक नेप्सेको वेबसाइटमा क्लिक गरिरहेका छन् ।’

 

उनका अनुसार अन्य समयमा एक हजारदेखि १२ सयले एकै पटक नेप्सेको वेबसाइट खोल्ने गरेकोमा आज त्यो संख्या १२ गुणाले बढेको हो ।

ह्वातै ट्राफिक बढ्दा कारोबार अवधिमा वेबसाइटमा डाटा देखिन केहि समय लागेको उनले बताए । यद्यपि डाटामा भने कुनै समस्या नरहेको उनले बताए ।

 

डाटा डिस्प्लेमा ढिलाई हुँदा एक समय वेबसाइटमा १० देखि १५ मिनेट अगाडीको डाटा मात्र देखिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version