काठमाडौं : नेप्से परिसूचकमा आज आइतबार उछाल आई बजार १५०० को विन्दू पार गर्न सफल भएको छ ।
आइतबार सुरुवातदेखि नै तीव्र गतिमा उछाल आउँदा बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा नै १५०० को विन्दू पार गर्न सफल भएको थियो ।
नेप्से परिसूचकमा ६९ दशमलब ५६ विन्दूको बढोत्तरीसँगै नेप्से परिसूचक १५०४ दशमलब १४ को विन्दूमा पुगेको छ ।
यो अवधिसम्म ३ अर्ब बढीको सेयर कारोबार भएको छ ।
बजारमा एकैदिन ४ दशमलब ८५ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ ।
राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १७ दशमलब ०७ अंकले बढेको छ । यो पनि नयाँ रेकर्ड हो ।
Facebook Comments Box
