काठमाडौं : दैनिक नयाँ रेकर्ड बनाउदै आएको सुनको भाउ आज मंगलबार भने सामान्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा छापावाला सुन मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेर ८० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै घटेर ७९ हजार ७०० रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउमा भने परिवर्तन छैन ।
चाँदी यस दिन पनि प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।
Facebook Comments Box
