काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाएको छ।

 

आज मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले लाजमर्दो अवस्था सिर्जना भएको आरोप लगाएका छन ।

 

उनले सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाको लागि ठेकेदार कम्पनीका प्रतिनिधिसँग निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन ९घुस० मागेको प्रसंग उठाउँदै भने, ‘७० करोड घुस दिन्छु भन्नेले त्योभन्दा बढी घुस दिनेलाई चाहिँ यो ठेक्का दिने अवस्था अयो, मेरो ७० करोडभन्दा अझ अर्बौं रुपैयाँ घुस खान थाल्यो यो सरकारले भन्दै हिँड्न थालेका छन् । योभन्दा लाजमर्दो अवस्था अरु के हुन्छ रु प्रधानमन्त्रीज्यु भ्रष्टाचार गर्दिन्, गर्न पनि दिन्न भन्नुहुन्थ्यो । योभन्दा लाजमर्दो के हुन्छ रु’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version