काठमाडौँ: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलबार संसदमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा राजिनामा दिएका संचारमन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धलाई ‘बाउ र नाति’ को संज्ञा दिएका छन् उनले संसदमा आजको समयको बोल्दै बिर्बल र अकबरको जोक्स सुनाउंदै सो कथन सुनाएका हुन्।
उनले पूर्वमन्त्री बाँस्कोटालाई संकेत गर्दै भए – “राजाको जुँगा उखल्ने र तान्ने हैसियत अरु कसैको नहुने बरु आफै संगै हुर्के खेलेका नाति र छोरा बाहेक अरु कसैले गर्न सक्दैन।”
देश भ्रष्टाचारले थिलो थिलो बनेको र यसले सबैलाई क्यान्सरजस्तै गरेर गाँजेको र यसको रोगले कसैले पनि नछोड्ने उनको तर्क थियो। एउटालाई लागेको भ्रष्टाचारको रोग अरुलाई लाग्ने भन्दा फरक हुन नस्कन्ने उनको तर्क थियो।
उनले संसदमा बोल्दै १७२ रोपनी जग्गामा आफ्नो कार्यकालमा कुनै त्यस्तो गलत कार्य नभएको पनि दावी गरे।
