काठमाडौं: केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् ।

अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् ।

कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version