काठमाडौँ: सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी- कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version