काठमाडौं : कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो ।

अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपाली हरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।

चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । हालसम्म ती दुई देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version