काठमाडौं: शुक्रबार प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीले शनिबार आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन हुनु पर्ने माग गरेका छन् ।

आज उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले सो कुराको माग गरेका हुन् ।

सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको जोशीको गुनासो छ ।

आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीको तर्क छ ।

यता जोशी आइतबारबाट विदा बस्ने भएका छन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार जोशी तत्कालका लागि विदामा बस्न लागेको बताए । जोशी नै हाल कायममुकायम प्रधानन्यायाधीश रहने छन् ।

संसदीय सुनुवाई विशेष समितिले जोशीको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएका छन् । तर, भोलिबाट विदा बस्ने तयारीमा छन् ।

यस्तै, पौडेलका अनुसार अब ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version