काठमाडौं : हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

बिहीबार बिहान जारी बुलेटिनमा पहाडी भू-भागमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बिहीबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना साथै मध्य र पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, शुक्रबार पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वका भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखीन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

शनिबार सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version