काठमाडौँ: मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
गइरहेको छ ।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version