काठमाडौँ: राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताउनुभयो । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उहाँले बताउनुभयो ।

सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ । मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version